विदेशमा उच्चशिक्षा अध्ययन गर्न ‘मेवन’ले सघाउनेछः डाइरेक्टर पोखरेल
काठमाडाैं | जेठ १३, २०७९
अष्ट्रेलियामा केन्द्रिय कार्यालय रहेको मेवन कन्सल्टेन्सीले पोखराबाट सेवा शुरु गरेको छ । कन्सल्टेन्सीको नेपालस्थित यो तेस्रो शाखा हो ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शाखाको उद्घाटन गर्दै विदेशबाट शिक्षा र सभ्यता लिएर फर्कन अनुरोध गरे ।
सोहीक्रममा पोखरा शाखाकी प्रबन्ध निर्देशक भावना पोखरेलले विदेश पढ्न चाहने विद्यार्थीलाई पोखराबाटै सहयोग दिने उद्देश्यले मेवनको शाखा सुरु गरेको बताइन् । ‘भाषा, प्रोसेसिङ्, परामर्श र आवश्यक सहयोगबारे पूर्ण जानकारी नपाउँदा विद्यार्थी रनभुल्ल छन्’ पोखरेलले भनिन् ‘मेवनको उद्देश्य विद्यार्थीलाई सम्पूर्णरुपमा सहयोग गर्ने हो ।’
पोखरा वा नेपालभित्रमात्र नभएर विदेश पुगेपछि पनि विद्यार्थीहरुलाई आवश्यक सहयोग रहने उनको दाबी छ । स्मरणीय छ, मेवनको १३ देशमा शाखा रहेका छन् ।
पोखरा महानगरपालिका नजिक रहेको मेवनले उद्घाटनको अवसरमा विशेष छूटको अवसर दिएको छ । पोखरेल भन्छिन्, ‘प्रोसेसिङ् र आइएलटीएस, पिटिइ कक्षामा विशेष छूट छ ।’
उद्घाटनसत्रमा सय बढी विद्यार्थीले मेवनबारे जानकारी लिएका छन् ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

